surkhet

अध्यक्षमा पराजित भए पार्टीको कुनै पनि कमिटीमा बस्दिन : रावल

surkhet

मंसिर १४,चितवन् – नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले आफू अध्यक्षमा पराजित भए पार्टीको कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका छन।

मंगलबार चितवनको सौराहामा नेतृत्व चयनका लागि भएको निर्वाचन सकिएलगत्तै सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले आफूले केन्द्रीय कमिटीको सदस्यको लागि उम्मेदवारी नदिएको बताउँदै यस्तो बताएका हुन।

Gorkha

मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छैन र अध्यक्ष पदमा विजय भए सपथ लिन्छु, अरुमा त मैले भरेकै छैन भन्ने कुरा मेरो यथावत छ। ‘अब प्रतिनिधिहरूले मत दिएनन् भने त कमिटी बाहिर बस्ने कुरा त सामान्य नै हो नि, मेरो लागि उनले भने ।

Dailekh

रावलले पार्टीको आठौं महाधिवेशनमा पनि आफूले केन्द्रीय सदस्यमा उम्मेदवार नदिएकाले सपथ नलिएको पनि स्मरण गराए । महाधिवेशनको मत परिणाम २ घण्टा भित्रै आउने आफूले अपेक्षा गरेको पनि रावलले बताए ।

रावलले एमालेको जारी दशौं महाधिवेशनमा निवर्तमान अध्यक्ष ओलीसँग अध्यक्ष पदमा उम्मेदवारी दिएका छन। अहिले मत गणना जारी छ । हाल सम्मको मत परिणाममा अध्यक्ष केपि ओलीले ४०० मत पराप्त गरेका छन भने रावलले ४२ मत पाएका छन।

 

 

 

salyan