मत परिणाम अन्तिम चरणमा ओलीले १०४६ मत पाउँदा भीम रावलको १२२

मंसिर १४ सौराह – एमालेको १० औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनको मतगणनामा केपी शर्मा ओलीले १०४६ मत पाउँदा भीम रावलले १२२ मत पाएका छन्।
सौराहस्थित सेभेन स्टार होटल परिसरमा विद्युतीय माध्यमबाट मतदान गरिएको थियो। अहिलेसम्म ४९ वटा मेसिनको मतगणना भइसकेको छ।
यस्तै जसको अन्तिम परिणाम एकघन्टाभित्रै आउने निर्वाचन आयोगले जनाएको छ।मतदानमा २ हजार ९६ मत खसेको थियो।
१९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यका लागि मतदान भएको थियो । अध्यक्षमा ओलीविरुद्ध रावलले उम्मेदवारी दिने अडान लिएपछि सर्वसम्मत नेतृत्व चयन गर्ने महाधिवेशनको प्रयास असफल भएको थियो।
यस्तै निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सपथसँगै पहिलो केन्द्रीय समितिको बैठकसमेत सौराहमै हुने एमालेले जनाएको छ। जस्को तयारी भैइरहेको छ ।
