जहाज नउडेपछि यात्रुले धक्का लगाएर पाखा लगाईदिए
मंसिर १६ , काठमान्डौ – बाजुराको विमानस्थलमा तारा एयरको जहाजलाई हिजो यात्रुहरुले धकेलेर साईड लगाएका छन। जहाजलाई धकेलेको देख्दा सबै अचमित समेत बनेका थिए ।
यति एयरलाइन्सका प्रवक्ता सुरेन्द्र बर्तौलाका अनुसार हुम्लाको सिमकोटबाट ९ एन–एभीई जहाज बाजुरा विमानस्थलमा अवतरण गरेको थियो ।
उक्त क्रममा जहाजको टायर पड्कीएपछि अन्य जहाजको लागि अवतरण गर्ने ठाउँ नहुँदा यात्रुले जहाजलाई धकेलेर मुभ गरेका हुन। तारा एयर यति एयरलाइन्सको भगिनी कम्पनी हो ।
तारा एयरलाइन्सको जहाजको टायर पड्किएर बीच धावनमार्गमा रहेको र जहाजलाई यात्रुले धकेल्दै गरेको भिडियो र फोटो भाइरल भएको छ ।
धावनमार्गमा राखिएको जहाजको टायर पड्कियो । जसले गर्दा अर्को जहाज उडाउन समस्या भएपछि धक्का लगाएर जहाजलाई साइड लगाएको बर्तौलाले बताए ।
उनका अनुसार जहाजको पर्खाइमा रहेका यात्रु, सुरक्षाकर्मी र स्थानीयवासीको सक्रियतामा धावनमार्गमा टायर पड्किएर अरु जहाज अवतरणमा समस्या हुँदा धकेलेर अन्यत्र राखिएको हो ।
एयरलाइन्सले हुम्लाको सिमकोटबाट ९ एन–एभीई जहाज बाजुरा विमानस्थलमा अवतरण गरेको थियो । जहाज धावनमार्गबाट ट्याक्सी–वेमा पुगिसकेपछि पछाडिको टायर पड्किएको बताइएको छ।