आङ सान सुचीलाई ४ वर्ष जेल सजाय

मंसिर २०, काठमान्डौ – म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई ४ वर्ष जेलसजाय सुनाइएको छ ।

प्राकृतिक प्रकोपसम्बन्धी कानुनअन्तर्गत कोरोना भाइरससम्बन्धी नियम तोडेको आरोपमा उनी दोषी पाइएको सैनिक सरकारले जनाएको छ ।

७६ वर्षीया सुचीमाथि अन्य ११ आरोप पनि लगाइएको बीबीसीले जनाएको छ । तर सुचीले भने निरन्तर रूपमा आफूमाथि लगाइएको आरोप निराधार भएको बताउदै आएकि छिन् ।

गत फेब्रुअरीमा म्यानमार सेनाले कु गरी सत्ता हत्याउनुपूर्व सुचीले निर्वाचित नागरिक सरकारको नेतृत्व गरेकी थिइन् ।

सेनाले चुनावमा धाँधली भएको उल्लेख गर्दै सत्ता हात्तमा लिएको थियो। त्यति बेलादेखिनै सुचीलाई घरमै नजरबन्द गरेर राखीएको छ ।