राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेलले कमल थापाको कुर्सी छोडेर अर्कै कुर्सीमा पदभारग्रहण गरे
मंसिर २०, काठमान्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाका पूर्वअध्यक्षहरु बस्ने गरेको कुर्सीमा नबसेर अर्कै कोठा र कुर्सीमा पदभारग्रहण गरेका छन।
सोमबार लिङ्देनले पूर्वअध्यक्षहरु बस्ने कोठा र कुर्सी भन्दा अर्कै कोठामा पदभारग्रहण गरेका हुन ।
यसो किन गर्नु भएको भन्ने जिज्ञासा्मा लिङ्देनले
पूर्वअध्यक्ष कमल थापाका लागि सो कोठा र कुर्सि आफूले राखिदिएको बताए ।
यस्तै उनले आफ्नो विजयलाई राजसंस्थासँग जोडेकोप्रति दुर्भाग्यपूर्ण र खेद व्यक्त गरेका छन् ।
अध्यक्ष पदमा लिङ्देनसँगको प्रतिस्पर्धामा हारेपछि कमल थापाले पार्टीमा निर्मल निवासको हस्तक्षेप भएको बताएका थिए ।
त्यसबारे पत्रकारहरुको प्रश्नमा लिङ्देनले भने, ‘मेरो विजयलाई राजासंस्थासँग तान्नु दुर्भाग्यपूर्ण र खेदजनक छ । यो महाधिवेशन प्रतिनिधिप्रतिको अविश्वास हो उनले भने ।