टिपर आतंक अटोलाई ठक्कर दिदा बाबुछोराको मृत्यु

मंसिर २०,प्यूठान – प्यूठानमा टिपरले अटो रिक्सालाई ठक्कर दिदा बाबुछोराको घटनास्थलमा मृत्यु भएको छ ।

विजुवारबाट स्वर्गद्वारी मन्दिर दर्शनका लागि गएका  प्यूठान नगरपालिका ३ घुर्चनेका ३५ वर्षीय अमृत थापा र उनका ६ वर्षीय छोरा सुशान्त थापाको घटनास्थलमै ज्यान गएको छ भने अन्य चार जना घाईते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

चकचकेबाट विजुवारतर्फ आइरहेको ना.८.ख ३९०३ नम्बरको टिपरले लु.१.ह ५७०७ नम्बरको अटोलाई ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । यस्तै घाइतेहरुको प्यूठान अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

lekbesi

मृतका आफन्तले घटनाका दोषीलाई कारबाही तथा क्षतिपूर्तिको माग राख्दै शव उठाउन मानेका छैनन्। घटनापछि भालुबाङ–प्यूठान सडकखण्ड ४ घण्टादेखि अवरुद्ध रहेको छ ।