माओवदी पार्टी अहिले दुब्लाएको छ अब चुनावमा हेर्नुहोला : महरा

काठमाडौं – पूर्वसभामुख कृष्णबहादुर महराले आहिले माओवादी केन्द्र पार्टी दुब्लाएको भएपनि आगामी चुनाव सम्ममा मोटाउने बताएका छन्।

उत्तरी रसुवाको आमा छोदिङ्मो गाउँपालिकास्तरीय उक्त दलको प्रथम सम्मेलन आइतबार शुभारम्भ गर्दै महराले अहिले आफ्नो दल दुब्लाएको जस्तो देखिए पनि आगामी निर्वाचनमा विसं २०६४ कै अवस्थामा फर्कने बताए ।

आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्र पहिलो दल हुने सम्मेत महराले बताए। अहिले पार्टीलाई विभिन्न टिकाटिप्पणी गरेपनि आउँदो चुनावमा विसं २०६४ कै अवस्थामाको हुने उनको भनाई रहेको छ।

lekbesi

उद्घाटन सत्रमा नेपाली कांग्रेस, नेकपा (एमाले) र राप्रपा परित्याग गरी माओवादीमा प्रवेश गर्ने ५२ कार्यकर्तालाई सम्मान गरिएको थियो । महराले आइतबार नै रसुवागढी नाकाकोसमेत स्थलगत अवलोकन गरेका थिए।file photo