श्रीमतीको शव फेला परेको छ भन्दै प्रहरीलाई जानकारी गर्ने श्रीमाननै हत्यारा भएपछि

काठमाडौं – ललितपुरको कुपण्डोलमा एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।

रामेछाप मन्थली नगरपालिका वडा नम्बर १२ गेलु घर भई ललितपुर महानगरपालिका वडा नम्बर १० कुपण्डोलमा डेराकोठा गरी बस्ने ३५ वर्षीय जानुका भुजेलको हत्यामा उनकै श्रीमान् एक्काराज भुजेललाई प्रहरीले पक्राउ गरेको हो।

जानुका गत बिहीबार दिउँसो आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। जानुका मृत फेला परेको भान्दाई श्रीमान् एक्काराजले नै प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी घटनास्थलमा खटिएको थियो।

lekbesi

खाटमा सुतिरहेको अवस्थामा मृत फेला भनेपछि अनुसन्धानमा प्रहरीले त्यहिँ बेलानै एक्काराजलाई शंकाको घेरामा राखेको थियो। मुचुल्का उठाएपछि प्रहरीले शव पोष्टमार्टमको लागि ललितपुरको पाटन अस्पतालमा पठाएको थियो।

त्यसको रिपोर्ट र प्रविधिगत विश्लेषणले श्रीमान एक्काराजले नै हत्या गरेको देखिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले बताए । सुरूमा घटना स्वीकार गर्न नमानेका उले अहिले हत्या स्वीकारेको महर्जनले बताए।

सोधपुछमा उनीहरुको दैनिक झगडा हुने गरेको खुलेको छ। सोहि दिनपनि झगडा भएपछी ३५ वर्षीय श्रीमान एक्काराज भुजेलले श्रीमती जानुका भुजेलको घाँटी कसेर हत्या गरेका थिए।

सामान्य मजदुरी गर्ने गरेका उनीहरुका दुई छोरा र एक छोरी पनि छन्। प्रहरीले एक्काराजलाई शुक्रबार पक्राउ गरेर कर्तव्य ज्यान मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ।