नेपाल वायुसेवा निगमले अब खतराजन्य पदार्थ ओसारपसार गर्दै

काठमाडौं- नेपाल वायुसेवा निगमले नेपालमा अब पहिलोपटक खतराजन्य पदार्थ ओसारपसार गर्ने अनुमति पाएको छ। अन्तर्राष्ट्रिय क्षेत्रमा यात्रु तथा कार्गो सेवा प्रदान गरिरहेको निगमले (ICAO) Annex-18 तथा DOC 9284 मा उल्लेख भएका खतराजन्य पदार्थहरु ओसारपसार गर्ने अनुमति पाएको हो।

खतराजन्य पदार्थ ओसारपसारको अनुमतिको लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको (ICAO) Annex-18 तथा DOC 9284 मा उल्लेख भएका खतराजन्य पदार्थसम्बन्धी प्रावधानहरु पूरा गरेपश्चात् ने.वा.नि.का A-320 र A-330 जहाजहरुलाई खतराजन्य पदार्थ ओसारपसारको अनुमति प्रदान गरेकोमा नेपाल वायुसेवा निगमले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छ,’ निगमका प्रवक्ता करिश्मा श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

lekbesi

खतराजन्य पदार्थअन्तर्गतका विभिन्न औषधिजन्य र विद्युतीय सामान रहेको बताइएको छ। निगमले यसअघि नै औषधिहरुको ओसारपसार गरे पनि विद्युतीय सामानहरुको ढुवानी गर्ने अनुमति पाएको थिएन।

विगत ६३ वर्षदेखि हालसम्म निगमले General Cargo ओसारपसारमा मात्र सीमित रहेकोमा आगामी दिनहरुमा खतराजन्य पदार्थ अन्तर्गत पर्ने कार्गो सामानहरुको ओसारपसारमार्फत विदेशी मुद्रा मुलुकमा भित्र्याउनेछ,’ निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

निगमको A-330 जहाजको कार्गो बोक्ने क्षमता करिब १५ टन रहेकोमा आगामी दिनमा खतराजन्य पदार्थ अन्तर्गतका विभिन्न औषधीजन्य र विद्युतीय सामान लगायतका सामानहरुको ओसारपसारमा सहजता भई उक्त विमानहरुको उच्चतम् सदुपयोग भई निगमको सेवा प्रभावकारितामा अभिवृद्धि हुनेछ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौं विज्ञप्तिमा उल्लेख छ ।