ओमिक्रोनबाट बच्न स्वास्थ मापदण्ड पालना गर्न मन्त्रालयको आग्रह

काठमान्डौ – नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेपछि सबै नागरिक सचेत हुनुपर्ने नेपाल सरकार स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय विभिन्न देशमा देखीएको कोरोनाको नयाँ भाईरस ओमिक्रोन नेपालमा पनि देखिएको छ ।

गत मङ्सिर ३ गते नेपाल आएका एक जना ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा पुगेका ७१ वर्षका नेपाली नागरिकमा ओमिक्रोन पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका हुन ।

यस्तै ओमिक्रोन फेला परेसंगै जोखिमलाई साबधानी अपनाउनु पर्ने बताएईएको हो । माक्स अनिवार्य ,समाजिक दुरि कायम लगयत स्वास्थ मापदण्ड पालना हर्दा भाईरस बाट वचन सकिने सरकारले जनाएको छ ।

बरु खोपको अभियानलाई बढाउँदै लाने र खोप नलगाएकालाई कडाई गर्नेतर्फ सरकारले तयारी गरिरहेको बुझिएको छ ।