राजेन्द्र लिङ्देन राप्रपा अध्यक्ष बन्नु गणतन्त्रका लागि खतरा : चित्रबहादुर केसि
मंसिर २२,काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र र धर्मनिरपेक्षता खतरामा परेको बताएका छन।
मोर्चाका अध्यक्ष केसीले प्रेस विज्ञप्ति जारी गर्दै भारतीय सत्तारुढ पार्टी भाजपा, पूर्व राजा ज्ञानेन्द्र, राप्रपा र नेकपा एमाले गणतन्त्र र धर्म निरपेक्षता विरुद्ध एकजूट भएको आरोप लगाउदै यस्तो बताएका हुन।
भाजपाले नेपालको वर्तमान संविधान स्वीकार नगरेको र हालै राप्रपामा पूर्व राजाको समर्थनमा राजेन्द्र लिङ्देन अध्यक्ष बन्नु गणतन्त्रका लागि खतरा भएको केसिले बताए ।
त्यस्तै, महाधिवेशनबाट शक्तिशाली अध्यक्ष बनेका एमाले अध्यक्ष केपी शर्मा ओली पनि भाजपासँग निकट बनेको दाबी गर्दै एमालेले बहुमत ल्याएको अवस्थामा मुलुकमा प्रतिगमनको खतरा बढ्ने केसीको विज्ञप्तिमा उल्लेख छ।