एमालेमा झण्डा बोक्ने केपी ,बा,भन्ने मान्छे समेत भएनन गैंडाले बोक्न थाल्यो : नेपाल

काठमान्डौ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पार्टी समाप्त भइसकेको बताएका छन।

हिजो सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जली दिइसकेको बताए ।

एमालेभित्र पार्टीको झण्डा बाँदर गैंडाले बोक्नुपर्ने दिन आउने बताउँदै अध्यक्ष नेपालले अब ओली एन्ड कम्पनीको दिन सकिएको समेत बताएका हुन।पार्टीको झण्डा उठाउन मजदुर किसान नपाएपछी गैँडालाई थमाइएको नेपालले बताए ।

अध्यक्ष नेपालले एमाले भन्दा आफ्नो पार्टी देशभर मजबुद बन्दै गएको र गठबन्धनको सरकारमा सहभागी दलकाअघि ओलीको केही नलाग्ने ठोकुवासमेत गरे।
यस्तै नेपालले एमाले भित्र रहेका नेताहरुको अवस्था अहिले निल्नु न ओकल्नु भएको पनि बताए ।

त्यो जमात अब क्रान्तिकारी रहेन, कम्युनिस्ट चरित्रलाई कायम राख्न सकेन, मार्क्सवादको मूल्य र मान्यतासँगै जनताको बहुदलीय मूल्य र मान्यतालाई तिलाञ्जली दिएको छ ।

त्यो नारायणी नदीमा बगाइसकेको छ । पार्टीको झण्डा उठाउन मजदुर किसान नचाहिने भएकाले गैँडालाई थमाइएको एमालेको झण्डा अबका दिनमा बाँदरका हातमा सुम्पिएर बोक्ने अवस्था आउने रहेको नेपालको भनाई छ ।