हेलिकोप्टर दुर्घटनामा भारतका चिफ अफ डिफेन्स स्टाफ रावतसहित १३ को मृत्यु

काठमाडौँ – भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु भएको छ । भारतीय वायु सेनाले तमिलनाडूको कुन्नुर नजिकै भएको हेलिकोप्टर दुर्घटनामा रावतको मृत्यु भएको जानकारी दिएको छ ।

रावतसहित उनको पत्नि मधुलिका र थप ११ जनाको निधन भएको छ ।रावत सवार हेलिकोप्टर बुधबार दिउँसो निलगिरिमा दुर्घटनाग्रस्त भएको थियो ।रावत भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ हुन् ।

यसअघि उनी भारतीय स्थल सेनाध्याक्ष रहेका थिए ।दुर्घटनामा घाइते भएका ग्रुप क्याप्टेन वरुण सिंहको वेलिङ्टनस्थित सैनिक अस्पतालमा उपचार भइरहेको भारतीय वायु सेनाले जानकारी दिएको छ ।

 

lekbesi