पैसा नभएको तीन करोड बढीको चेक दिने व्याक्ती पक्राउ

काठमाण्डाै – बैंक खातामा पैसा नभएको तीन करोड चार लाख रुपैयाँको चेक दिएर ठगी गरेको आरोपमा काठमाण्डौबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लमजुङ घर भएका सन्दीपकुमार गुरुङलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो ।

जग्गा प्लानिङ गर्न तथा अन्य विभिन्न प्रयोजनको लागि भन्दै उनले विभिन्न व्यक्तिबाट रकम लिएको खुलेको छ ।

आफू बेलायती सेनाबाट अवकाश पाएको व्यक्ति भएको तथा महाराजगञ्जमा ब्युटी पार्लर रहेको र अब जग्गा प्लानिङ गर्ने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएको प्रहरी अनुसंधानबाट थाहा हुन आएको हो।

lekbesi

उनले आफ्नो बैंक खातामा पैसा नभए पनि तीन करोड ४ लाख  रुपैयाँको चेक दिएर फरार भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका सन्दीप गुरुङले अन्य व्याक्तीलाई समेत ठगी गरेको हुनसक्ने प्रहरीले जनाएको छ । उनीमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।