कुवेत जान लागेका पाँच महिला विमानस्थलबाट फिर्ता ,,

असार, ९ काठमाडौँ – वैदेशिक रोजगारका लागि कुवेत जान लागेका पाँच नेपाली महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज फिर्ता पठाइएको छ । कामदारको प्रवेशाज्ञा र श्रम स्वीकृति फरक परेकाले फिर्ता पठाइएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी उद्धव रिजालले जानकारी दिए ।

उनिहरु ‘वैभव’ नामक मेनपावर कम्पनीबाट ‘रिसेप्सनिष्ट’गयपनि प्रवेशाज्ञामा भने ‘क्लिनर्स’का लागि श्रम स्वीकृति दिइएको छ । उनीहरुलाई बिहान ८ः३० बजे विमानस्थलबाट फिर्ता पठाइएको थियो । उनीहरु कुवेत पुगे पनि तत्काल फिर्ता गर्न पर्छ तेही भयर आजनै त्यो साबधानी अपनाईयाको अधिकारी उद्धव रिजालले बताय।