सुन प्रकरणमा उधमी सन्जय खेतान पक्राउ ,,

असार ९,काठमान्डौ – सुनतस्कर सनम हत्या प्रकरण नेपालकै ईतिहासको घटना भयको छ। , जेरी जसतै बेरियको जालो फुकाउन कहिले सम्म लागछ तर डोरी फुकाउने काम भने निरन्तर कार्य भईरहेको छ। , गृहमन्त्री थापा बादलले सुन तस्करमा साना माछा मात्र परेको ठुला माछा जालमा पर्ने निर्देशन गरे लगतै सुरु भयको देखिन्छ ।

साढे ३३ केजी सुन तस्कर र सनम शाक्य घटनाले ३८ कुईण्टल सुन नेपालमा भित्रियको जालो फुकाउने काम गर्दै छ। , यसै सुन काण्डको विषयमा उधमी वाय्वासायी सन्जय खेतान पक्राउ परेका छन्। ,खेतानलार्इ सुन तस्करी प्रकरणमा मुछिएर पक्राउ परेकाहरूकै बयानपछि गृहमन्त्रालयले गठन गरेको छानबिन समितिले पक्राउ गरेको हो । समितिले विमल पोद्दार समुहका सदस्यका रूपमाा सुन तस्करीमा संलग्न भएको अभियोगमा पक्राउ गरी हिरासत्मा लिएको हो ।

गृहमन्त्रालयले गठन गरेको छानबिन समितिको अनुसन्धानमा खेतानको हाल जेलमा रहेका डेविट उपनामकाभ वाङ्गेल घलेसँग बाक्लो सम्पर्क देखिएपछि पक्राउ गरिएको हो । अनुसन्धानमा अझै ठुला माछा पर्ने थापा बादलले बताय।

खेतान हुन्डी कारोबारमा संलग्न पोद्दारका व्यापारिक साझेदार पनि रहेको खुलेको छ । समितिले पोद्दारको अपार्टमेन्टबाट उनीसम्बद्ध कागजात पनि नियन्त्रणमा लिइसकेको छ ।