दोस्रो चरणको मतदानमा ११७ मतदाता आएनन अपहरणको आशंका
काठमाडौं – नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुँदा पहिलो चरण भन्दा कम मत खसेको छ ।
आजको मतदानमा ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि मध्ये चार हजार ५६२ ले मतदान गरेका छन् । यसअघि सोमबार सम्पन्न निर्वाचनमा भने ४६७९ मत खसेको थियो ।
यो पछि सोमबारको भन्दा मंगलबार ११७ मत कम खसेको देखिन्छ ।ती मतदाता कहाँ गए भन्ने अहिले सम्म अतो पत्तो छैन ।
