suekhet
bheriad

अनमोलको सामाजिक सेवामा लागने रुचि ,,

lekabesi

असार ९ , काठमान्डौ – नायक अनमोल केसीले फ्लिम संगै अब सामाजिक काममा लागने र नागरिक संग जोडिने रुचि राखेका छन् ।यस्तो कार्यले गर्दा अनमोल आफ्ना देश विदेशमा रहेका साथी संग जोडिन सजिलो हुने बताउछन ।उनका लागि भाद्र मा देशका विभिन्न ४ सहरमा अनमोल ईभ २०१८ कन्सर्ट हुँदै छ ।

, उनलाई कार्यक्रमको लागि हेलिकोप्टरबाट चार्टर गरिने जानकारी छ ।, कार्यक्रममा उनि संग नायिका प्रियंका कार्की लगायत अन्य कलाकार पनि हुनेछन्। काठमाण्डौको अन्नपूर्ण होटलमा आज आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै अनमोलले भने ‘मैले अहिलेसम्म समाजसेवाका लागि कुनै काम गर्न पाएको छैन । म चाहन्छु कुनै न कुनै तरिकाले समाजसँग जोडिन पाउँ ।

यो कार्यक्रम पवित्र उद्देश्यका लागि आयोजना हुन लागेकाले विना पारिश्रमिक सहभागी हुन लागेको हुँ ।मोनिका इन्टरनेशनल ग्रुपले आयोजना गर्न लागेको ‘अनमोल इभ २०१८’ बुटवल, पोखरा, चितवन र विर्तामोडमा आयोजना हुँदैछ ।

कार्यक्रममा आयोजकले दिएको जानकारी अनुसार भदौ ९ गते बुटवल, भदौ १६ गते पोखरा, भदौ २३ गते चितवन र भदौ २७ गते विर्तामोडमा कार्यक्रम हुनेछ । यी ४ वटै शहरमा आयोजकले ७ देखि १५ हजारसम्म दर्शक उपस्थित हुने अपेक्षा गरेको छ । आन्तरिक पर्यटन प्रवद्र्धन, कला–संकृतिको संरक्षणका लागि यो कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्थाका प्रमुख कमल जीसीले जानकारी दिए । उनका अनुसार, कार्यक्रमबाट उठेको रकम नेत्रहिन महिला संघलाई सहयोग गरिनेछ ।