माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्षमा विमला केसी निर्वाचित

सुर्खेत – नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्षमा विमला केसी निर्वाचित भएकि छिन । माओवादी केन्द्र कर्णाली प्रदेश सदस्यमा निर्वाचित २११ सदस्यमध्येबाट केसी अध्यक्षमा निर्वाचित भएकी हुन्।

माओवादी केन्द्रको यही मङ्सिर २५ गतेदेखि सुरु भएको ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ बाट केन्द्रीय सदस्यबीच प्रदेश अध्यक्षमा सहमति जुट्न नसकेपछि प्रदेश समिति सदस्यबाट अध्यक्षसहितका पदाधिकारी चुन्ने विधि तय गरिएको थियो ।

त्यही विधिअनुसार केसी अध्यक्षमा निर्वाचित भएको बन्द सत्रका अध्यक्ष मण्डलका अध्यक्ष रामदीप आचार्यले जानकारी दिए।

lekbesi

पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री समेत रहेकी रुकुम पश्चिम जिल्ला निवासी अध्यक्ष केसी कर्णाली प्रदेश सभा सदस्य हुन । अध्यक्षबाहेक माओवादी केन्द्रको अन्य पदाधिकारी चयनका विषयमा छलफल चलिरहेको जनाइएको छ ।