surkhet

ज्ञानेन्द्र मल्ललाई हटाईयो सन्दीप लामिछानेलाई कप्तान बनाउने क्यानको निर्णय

surkhet

काठमान्डौ – नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

क्यानको बुधबार बसेको बैठकले उनीहरुले क्रिकेट अनुशासन उलंघन गरेको आरोपमा पदमुक्त गर्ने निर्णय गरेको हो। मल्लको स्थानमा सन्दीप लामिछानेलाई नयाँ कप्तान चयन गरिएको छ क्यानले जनाएको छ ।

Gorkha

यस्तै मल्लसहित असन्तुष्टि पोखेका उपकप्तान दीपेन्द्रसिंह ऐरी, अलराउन्डर सोमपाल कामी र बलर कमलसिंह ऐरीलाई वर्गीकरणबाट सन् २०२२ मा प्राप्त हुने ६ महिनाको तलब नदिने निर्णय गरेको छ।

Dailekh

संघले गठन गरेको छानबिन समितिले उनीहरुले आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो ।​ क्यानले गर्ने खेलाडीहरूको ग्रेडको विषयमा चार जनाले मिडियामा बोल्दै असन्तुष्टी जनाएका थिए । सोही विषयमा क्यानले उनीहरुलाई स्पष्टीकरण नै सोधेको थियो ।

salyan