बुद्ध एयरका जहाजमा पटक पटक समस्या भरतपुरमा आकस्मिक अवतरण

काठमान्डौ – बुद्ध एअरको जहाज भरतपुरमा आपत्कालीन अवतरण गरिएको छ । भरतपुरबाट उडान भरेको केहीबेरमै यान्त्रिक गडबडी आएपछि फेरि भरतपुरमै अवतरण गरिएको हो ।

नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक विकका अनुसार दिउँसो एक बजेर १६ मिनेटमा आकाशमा उड्नेबित्तिकै प्राविधिक समस्या देखिएको क्याप्टेनले जनाएपछि तत्काल भरतपुरमै अवतरण गरिएको हो ।

जहाज अवतरणपछि सबै यात्रु सकुशल बाहिर निस्किएका थिए । बुद्ध एअरको बीच क्राफ्ट जहाजमा १९ जना यात्रु र चालक दलका तीन सदस्य रहेका थिए ।

lekbesi

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले यात्रु र चालक दल सबै सकुशल रहेको बताए ।

कुनै समस्या हुन सक्ने भन्दै दमकल तयारी अवस्थामा राखिएको थियो । यससँगै यहाँबाट हुने हवाई उडान प्रभावित भएको छ । पछिल्लो समय बुद्ध एयरका जहाजमा पटक पटक समस्या देखिने गरेका छन।