सुर्खेतमा कांग्रेसले ४२ बर्ष सम्म अलपत्र पारेको मदनभण्डारी राजमार्ग एमाले सांसद धुर्वकुमार शाहीले सुरु गरे

सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाली कांग्रेसले ४२ बर्षबाट अलपत्र पारिएको मदनभण्डारी राजमार्ग अन्तर्गत धुलियाबिट-भेडाबारी सडक एमाले सांसद धुर्बकुमार शाहीले सुरु गरेका छन्।

सुर्खेतको धुलियाबिट भेडाबारी सडक खण्डको स्तरोन्नति कार्य ट्रयाक खोलेको ४२ वर्ष पुरा भएपनि यो सडक बन्द र अलपत्र समेत परेको थियो।

सुर्खेतमा नेपाली कांग्रेसले एकक्षत्र राज गरेपनि यो सडकमा नजर समेत लगाएको थिएन। नेपाली कांग्रेसका नेता पूर्वगृहमन्त्री समेत रहेका पूर्णबहादुर खड्काले २८ बर्षसम्म ध्यान नदिएको नेपाली जनताको गौरबशालि अलपत्र यो मदनभण्डारी राजमार्गलाई एमाले सांसद धुर्बकुमार शाहीले सांसद भएको केहि बर्षमम नै सुचारु गरेका छन्।

कांग्रेसले नेपाली जनताको गौरवशालि योजना अलपत्र पर्दा दुखि भएका सुर्खेती जनता भने अहिले निकै खुसि भएका छन्।

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले विगत २६ बर्षबाट सांसद ,मन्त्री भएपनि यो राजमार्गलाई चासो दिएका थिएनन।

हाल तत्काललाई ३५ किलोमिटर सम्म २० मिटर फराकिलो र ९ मिटर चाैडाईमा यो सडक कालोपत्रे हुने सांसद धुर्बकुमार शाहीले रंग दर्पणलाई बताए।

उक्त राजमार्ग सडक कालिका केएसजेभीले कालोपत्रे गर्ने जिम्मा पाएको छ। सासंद धुर्बकुमार शाही सुर्खेती जनताको नजरमा विश्वासिला र कहिले नबिझाउने नेतामा पर्ने गरेका छन्।

उनले सुर्खेतका विभिन्न स्थानमा ठुला ठुला योजना विस्तार सम्पन्न, विधुत विस्तार ,टेलिकम खानेपानी गौरवशाली योजना समेत सम्पन्न गर्ने गरेका छन्।