क्यानले खेलाडीलाई यसरि कारबाही गर्दै जाने हो भने नयाँले के आशा राख्ने
काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीका चार जना खेलाडीले आफूहरूलाई कारबाही गर्ने निर्णयमा पुनर्विचार गर्न नेपाल क्रिकेट सङ्घ (क्यान) लाई आग्रह गरेका छन्। ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले आज आइतवार पत्रकार सम्मेलन गरी कारबाही गर्ने निर्णयमा पुनर्विचार गर्न माग गरेका हुन् ।
अनुशासन पालना नगरेको भन्दै क्यानले ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गरेको थियो । मल्ललाई राष्ट्रिय टोलीको कप्तानबाट हटाएको छ भने ऐरीलाई उपकप्तानबाट हटाएको छ । त्यस्तै, चार जनालाई ६ महिना ‘सेन्ट्रल कन्ट्र्याक्ट’ बाट पनि अलग गरेको छ । सन्दीप लामिछानेलाई नयाँ कप्तान बनाइएकाे छ ।
क्यानको कारबाही गर्ने निर्णयले दुःख बनाएको भन्दै निर्णयमा पुनर्विचार गर्न उनीहरूले माग गरेका छन् । यस्तै क्यानले यसरिनै खेलाडीहरुलाई कारबाही गर्दै जानेहो भने नयाँ खेलाडीहरुले कसरि काम गर्न सक्छन भन्ने समेत उनीहरुले प्रश्न गरेका छन्।
आफ्नो हक/अधिकारका लागि आवाज उठाएकै आधारमा देशका लागि वर्षाैँ खेलेका, आफ्नो सबै ईच्छा र आकाङ्क्षा मारेर क्रिकेटमा लागेका खेलाडीहरूलाई यसरी कारबाही गर्दा भोलिका दिनमा नयाँ पुस्ता कसरी यसमा आकर्षित हुन सक्छन् विज्ञप्तिमा औल्लेख छ। त्यस्तै कतिपय पदाधिकारीबाट सार्वजानिक रुपमा लाञ्छना लगाउने कारबाही गर्ने र धम्कि दिने समेत गरेको खेलाडीहरुले बताएका छन्।