अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस सम्मेलन सम्पन्न,अध्यक्षमा माधव खत्री,

नेपालगन्ज – अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको क्याम्पस सम्मेलन सम्पन्न भएको छ। जस्मा अध्यक्षमा माधब खत्री,उपाध्यक्षमा कल्पना थापा,सचिवमा डम्बर वि.क,सह-सचिबमा चिरन्जिबी बुढा,चन्द्रमनी पोखरेल,वर्षा मल्ल, र कोषाध्यक्षमा समीर सुनार रहेका छन ।

नेरास्ववियु केन्द्रिय सर्कुलर बमोजिम सम्पन्न भएको सम्मेलन भब्य र सभ्यका साथ सम्पन्न भएको सचिब डम्बर बि.क ले जानकारी दिए। अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला ईन्चार्ज मोहित शाहको प्रमुख आतिथ्यतामा भएको उक्त सम्मेलनमा नेकपा एमाले बाँकेका पार्टी सचिब रत्न खत्री,नेपालगन्ज उपमहानगर पालिकाका अध्यक्ष दत्त आचार्य,अनेरास्ववियु केन्द्रिय सदस्य सुमन घिमेर,अनेरास्ववियु केन्द्रिय सदस्य प्रकाशमान सिहं,अनेरास्ववियु बाँके जिल्ला सचिब प्रकाश विस्वकर्माको सहभागीता रहेको थियो।
अनेरास्ववियु सधै बिद्यार्थीको हकहितमा रही रचनात्मक कार्यक्रम गर्न सधै अग्रसर रहदै आएको कार्यक्रमका प्रमुख अतिथी मोहित शाहले बताए। यो ऐतिहासिक सम्मेलनबाट सबैलाई समेटिने गरि नेतृत्व चयन गरि कुशल नेतृत्व प्रदान गरिएको जिल्ला सचिब प्रकाश विस्वकर्माले जानकारी दिए।
