एमसीसी नेपालमा पास गर्नुपर्छ : गृहमन्त्री खाँण

पुष ७, काठमान्डौ – गृहमन्त्री बालकृष्ण खाँणले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) नेपालमा लागु हुनुपर्ने बताएका छन।

नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनका निम्ति जनकपुरधाम आएका गृहमन्त्री खाणले मंगलबार बिहान पत्रकारसँग कुराकानी गर्दै एमसीसी नेपालको विकासका लागि राम्रो भएकाले यो सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताएका हुन।

यस्तै एमसीसी संसदमा सम्झौता अगाडि बढाउनु गलत नभएको उनले बताए ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खाँणले यसलाई अगाडि बढाउन सहमतिको प्रयास भइरहेको बताए ।

यद्यपि, प्रस्ताव अगाडि बढ्ने वा पारित हुने स्थितिबिना रणनीतिक रुपमा अगाडि बढाउँदा समस्या हुने भएकाले सहमतिको प्रयास भइरहेको उनले बताए ।