फ्लिम राम्रो भय चल्न पर्छ सौगात मल्ल ,,

रंग दर्पण १८ – नायक सौगात मल्लले यदी फ्लिम राम्रो छ भने चल्न पर्छ यदि कहानी र ईस्क्रिफ़्ट राम्रो छ भने फ्लिम चल्न पर्ने उनको दाबी छ । मैले कुनै पनि फ्लिम लाइ गयर हेर भनेको छैन तर राम्रो लाग्छ भने चल्नै पर्छ र राम्रोले स्थान पाउने उनको भनाई छ ।  फागूण ११ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘पञ्चेबाजा’को बिषयमा कुरा गर्दै उनले राम्रो चलचित्र चल्नुपर्ने बताए ।
चलचित्र ‘लालपूर्जा’ असफल भएपछि यसको असर ‘पञ्चेबाजा’लाई पनि पर्छ कि भन्ने पत्रकारको प्रश्नमा सौगातले भने–‘चलचित्र राम्रो छ भने चल्नुपर्छ । यदि नराम्रो छ भने चलचित्र चल्दैन । ‘पञ्चेबाजा’ राम्रो चलचित्र हो, यसैले चल्नुपर्छ भन्ने मलाई लाग्छ ।’

सौगातले आफूले पछिल्लो २ बर्षयता मात्र धेरै चलचित्रमा काम धेरै गरेको बताए । आफूले अब गर्न लागेका चलचित्रहरुको कथावस्तु राम्रो भएकाले पनि आफूलाई अप्ठ्यारो नपर्ने बताए । सौगातले भने–‘मैले आफूसँगै काम गरेका साथीहरुलाई साथ दिनका लागि पनि केहि चलचित्रमा काम गरेको छु ।’

चलचित्र ‘पञ्चेबाजा’मा आफू थिएटरको कलाकार भएको भन्दै उनले कथावस्तु मन परेकाले काम गरेको बताए । राजेश शाहीको निर्माणमा तयार भएको यो चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका छन् । चलचित्रमा सौगात मल्ल, कर्मा, जश्मिन श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ ।