सुन्न नसक्ने अपाङ्गकी छोरी पर्वतकी अञ्जली पुरी एसईईमा नेपाल टप ,,

असार १० पर्वत – यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप गरेकी छन । छात्रा पुरीले सबै बिषयमा ए प्लस सहित ४.०० जिपीए अंक सहित एसइइ उर्तीण गरेका कारण नेपाल टप गरेको दाबी बिद्यालयले गरेको हो । अहिले सम्म ४.०० जिपीए अंक ल्याउने बिद्यार्थी अञ्जली मात्र देखिएकी छन । ‘अञ्जलीले नेपाल टप गरेको हाम्रो दाबी छ’ बिद्यालयका प्रिन्सीपल बसन्तकुमार कर्माचार्यले बताए । सानै देखि प्रतिभावान छात्रा अञ्जली छात्रबृत्तिमा अध्ययन गर्दै आएकी थिइन । उनका बुवा देबेन्द्र पुरी बहिरा छन भने आमा तुल्सी पुरी पनि बहिरा संघ बागलुङ्गमा कार्यरत छन । जनबोली स्रोत बधाई छ बहिनीलाई ,,

उनले एनसर नेपालको पुुर्ण छात्रबृत्तिमा अध्ययन गर्दै आएकी थिइन । पर्वतकै मोदी गाउँपालिका वडा नं ६ गिज्यानका स्थायी बासिन्दा पुरी परिवार पछिल्लो समय कुस्मा नगरपालिका वडा नं ७ मा बस्दै आएका छन । कालीगण्डकी एकेडेमीबाट परिक्षा दिएका अन्य बिद्यार्थीमा एक जनाले ३.९५ जिपिए र ६ जनाले ३.९० जिपीए, ३.८५ ६ जना, ३.८० जिपीए ३ , ३.७५ २ जना, ३.७० ४ जना, ३.६५ २ जना, ३.६० ५ जना र ३.५ मा २ जना जिपीए सहित उर्तिण भएका छन । यो नतिजासँगै उनलाई राम्रो क्याम्पस र राम्रो विषय पढ्नु छ । कमजोर आर्थिक अवस्थाका कारण उनका लागि सहयोगी हात जरुरी छ । यसका लागि यो समाचार सक्दो सेयर गरेर उनको सहयोग गरिदिनुहोला । साथै उनको हौसला बढाउनका लागिपनि एक सेयर गरिदिनुहोला ।

lekbesi