शान्ति प्रक्रियामा आएपछि माओवादी कहाँ चुक्यो गम्भीर आत्मसमीक्षा हुन्छ : प्रचण्ड
काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीको महाधिवेशन कुनै एउटा दलको मात्रै चासोको विषय नभइ समग्र देशकै चासोको विषय भएको बताएका छन।
पार्टीकाे आठाैँ महाधिवेशनकाे उद्घाटन सत्रलाई आइतवार प्रज्ञा भवनमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन।
यस्तै सबै नेताले देश र नागरिकको जीवनलाई कसरी सकारात्मक परिवर्तन गर्ने भन्ने विषयमा बोलेकाले खुसी लागेको पनि उनले बताए ।
शान्ति प्रक्रियामा आएपछि माओवादी कहाँ चुक्यो भन्ने विषयमा विस्तृत आत्मसमीक्षा गर्ने प्रचण्डको भनाइ छ ।
आफ्नो राजनीतिक प्रतिवेदनमा सबैभन्दा धेरै आफ्नोबारेमा नै धेरै समीक्षा गर्ने भन्दै प्रचण्डले आफैँलाई चिरफार गर्ने, माओवादीलाई फेरि उठाउने र समाजवादी अभियानलाई अघि बढाएर नागरिक र देशको वृहत्तर हितका लागि अघि बढ्ने बताए ।
तत्कालीन एमाले र माओवादीको एकता गर्नु कुनै गल्ती नभएको भन्दै प्रचण्डले नेकपा किन विघटन भयो भन्नेबारेमा गम्भीर समीक्षा गर्नुपर्ने पनि बताए ।
अध्यक्ष दाहालले माओवादी केन्द्रको महाधिवेशनमा कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन चाहने र समाजवादी आन्दोलनलाई अगाडि बढाउन चाहनेहरू सबैलाई उत्प्रेरणा दिने उद्देश्यले प्रस्तुत हुने जानकारी दिए।
माओवादी केन्द्रको आठौं महाधिवेशन पुष ११ गते बाट १५ गते सम काठमान्डौको प्रज्ञा भवनमा चलिरहेको छ।