काभ्रेमा मिनीट्रकमा आगलागी ३ जनाको अवस्था गम्भीर ,,

असार,११ काभ्रे – १२ यात्रु सवार काभ्रेको बनेपा-५ रबिओपीमा मिनी ट्रक दुर्घटना भएर आगो लागेको छ । देवीटारबाट बनेपा तर्फ आउँदै गरेको बा ४ ख ३४१२ नम्बरको मिनि ट्रकमा आगो लागेको हो । ट्रकमा १२ जना यात्रु भयको जानकारी आयको छ। ,प्रहरीका अनुसार ६ जना घाईते छन्।

ति मध्ये ३ जनाको अवस्था गम्भीर छ ।, ट्रकमा आगो लागेपनि मानवीय क्षति नभयको प्रहरीले जनायको छ। ट्रकको आगो निभाउन दमकल बोलायपछी आगो नियन्त्रणमा आयको छ ।घाईतेको शिरमेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ ।

ट्रक सडकबाट करिब ३० मिटर तल खसेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहले जानकारी दिनु भयको छ ।घटना कसरि भयो भन्ने प्रारम्भिक अनुसन्धान भईरहेको छ।