जोर्डनको संसदमा सांसदहरुबीच कुटाकुट उपसभामुख भुइँमा ढले

पुस १४ एजेन्सी – जोर्डनको संसदमा सांसदहरुबीच हात हालाहाल र कुटाकुट भएको छ । चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच संसद्भित्रै कुटाकुट भएको हो ।

सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि विवाद चर्किएको थियो ।संसद् भवनभित्र भएको विवादबारे सामाजिक सञ्जालमा राखिएका भिडियोमा सांसदहरू एक अर्कालाई मुक्का हानेको तथा उपसभामुख भुइँमा ढलेको देखिन्छन् ।

उपसभामुख ढलेपछि केही सांसदहरूले होहल्ला गरेका थिए । संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वाभाविक मन्तव्य दिएपछि सांसदहरूबीच चर्काचर्की  भएको थियो ।

त्यसपछि ती सांसदलाई आफ्नो भनाई फिर्ता लिन र  क्षमा माग्न विपक्षी सांसदहरूले माग गरेका थिए । संसदमा सांसदहरुबीच भएको झगडा र कुटाकुटले संसदको गरिमा घटेको छ,’ सांसद खालिल आतियहले बताएका छन।