माओवादीको महाधिवेशनस्थलबाट ल्यापटप र प्रिन्टर चोरी

काठमान्डौ – नेकपा माओवादीको जारी आठौं महाधिवेशनस्थलबाट ल्यापटप र प्रिन्टर चोरी भएपछि प्रवेशमा कडाइ गरिएको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिन्टर चोरी भएको प्रचार विभाग प्रमुख गोविन्द आचार्यले जानकारी दिए ।

मिडिया सेन्टरबाट ल्यापटप र प्रिन्टर चोरी भएकाले प्रवेशमा कडाइ गरिएको छ । फोटो पत्रकारबाहेकका पत्रकारलाईसमेत प्रवेशमा कडाइ गरिएको छ ।महाधिवेशनस्थलमा सीसीटिभी भए पनि बन्द रहेको र शुक्रबारबाट पनि खोलिएको छ । -न्युज कारखानाबाट

lekbesi