surkhet

पाल्पामा मलामी बोकेको बस दुर्घटना ७ जनाको मृत्यु

surkhet

पुस १८ , काठमान्डौ – पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा ७ जनाको दु:खद निधन भएको छ। मृतक ७ जना मध्ये ५ जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यलय पालपाका अनुसार लु१ ख ७२७९ नम्बरको बसले मलामी बोकेर जांदै गर्दा पाल्पाको रिब्दीकोट गाउँपालिका–३, लघुवामा दुर्घटना भएको हो।

मृत्युु हुनेहरुमा बुटवल उपमहानगरपालिका–१७, का ३० वर्षीय पशुपति रसाइली, ४० वर्षीय खुमबहादुर राना, वडा नं ११, का ३२ वर्षीय विजय थापा क्षेत्री, अर्घाखाँची मालारानी–२, का २८ वर्षीय भोजेन्द्र विक, २५ वर्षीय शंकर विक रहेका छन् ।

Dailekh
Gorkha

मृतकमध्ये दुई जनाको आफन्त नआइसकेकाले पहिचान हुन बाँकी रहेको प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिए । १५ घाइतेमध्ये ९ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा र ६ जनाको मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अर्घाखाँचीको मालारानी गाउँपालिका–२, मरेङ कुभिण्डेका वीरबहादुर टमाटाको शव दाहसंस्कारका लागि रिडी लगिँदै थियो ।

रुपन्देहीको बुटवल देवीनगर डिङगरनगरदेखि शव दाहसंस्कारका लागि कालीगण्डकी नदी रुरुक्षेत्रको रिडीघाट हिँडेको बस आइतबार बिहान पाल्पा–रिडी सडक खण्डको ओरालोमा चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा करिब ३५ जना मलामि रहेको र अन्यको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ ।

salyan