समूह बी बाट कुन–कुन टिम विश्वकपमा प्रवेश गर्लान् ?
विश्वकप फुटबलको निकै नै चहलपहल बढिरहेको बेला समूह बी बाट कुन–कुन टिम विश्वकपमा प्रवेश गर्लान् ? निकै रोचक बनेको छ । समूह बी बाट विश्वकपको नकआउट चरणमा प्रवेश गर्ने राष्ट्रका दाबेदारमा पोर्चुगल, स्पेन र इरान रहेका छन् । समूह चरणमा एक खेलमा पनि जित हात पार्न नसकेको मोरक्कोमाथि जित हात पार्दै अन्तिम १६ मा पुग्ने लक्ष्यमा स्पेन को रहेको छ ।
स्पेनले आफ्नो अन्तिम खेलमा मोरक्कोसँग कलिनिनग्राड रंगशलामा खेल्दैछ । यी दुईबीचको खेल नेपाली समयअनुसार ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।
विश्वकप फुटबलको रौनक बढिरहेको बेला समूह बी बाट कुन–कुन टिम विश्वकपमा प्रवेश गर्लान् ? निकै रोचक बनेको छ । समूह बी बाट विश्वकपको नकआउट चरणमा प्रवेश गर्ने राष्ट्रका दाबेदारमा पोर्चुगल, स्पेन र इरान रहेका छन् ।
स्पेनले आफ्नो अन्तिम खेलमा मोरक्कोसँग कलिनिनग्राड रंगशलामा खेल्दैछ । यी दुईबीचको खेल नेपाली समयअनुसार ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।
समूह चरणमा एक खेलमा पनि जित हात पार्न नसकेको मोरक्कोमाथि जित हात पार्दै अन्तिम १६ मा पुग्ने लक्ष्यमा स्पेन रहेको छ ।
यसै समूहको अर्को खेलमा पोर्चुगलले इरानसँग प्रतिस्पर्धा गर्दैछ । रसियाको मोर्डोभिया एरिनामा नेपाली समय अनुसार ११ बजेर ४५ मिनेट मै यी दुई देशबीचको खेल सुरु हुनेछ ।
पोर्चुगलले २ खेलमध्ये १ खेलमा जित र एक खेलमा बराबरी खेल्दै ४ अंक बनाएर समूहको शीर्ष स्थानमा छ । त्यस्तै, त्यति नै खेलबाट समान १ खेलमा जित र एक खेलमा बराबरी खेलेको स्पेनको पनि ४ अंक रहेको छ । विश्वकपको नकआउट चरणमा पुग्ने यी दुई राष्ट्रको सम्भावना प्रवल रहेको छ ।