surkhet

नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेन्टको काम रोक्न मन्त्री आलेको निर्देशन

surkhet

काठमाण्डाै – नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेन्टको काम संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा रोकिएको छ ।

मन्त्री आलेले आज मङ्गलवार नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई रेस्टुरेन्ट निर्माणको काम तत्कालै रोक्न निर्देशन दिएका हुन।

Gorkha

मन्त्रीको निर्देशनपछि समितिले बि म्यानेजमेन्ट प्रालिलाई पत्र लेखेर अर्को आदेश नभएसम्मका लागि काम रोक्न निर्देशन दिएको हो ।

Dailekh

पुरातात्त्विक क्षेत्र नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट बन्दै गरेको समाचार बाहिरिएपछि चौतर्फी विरोध भएको थियो ।

समितिले सङ्ग्रहालयको १० रोपनी जग्गामा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न बतास कम्पनीसँग सम्झौता गरेको थियो ।

salyan