ललिता निवास जग्गा प्रकरण विजय गच्छदारसहित सात जना हाई प्रोफाईल व्याक्तिलाई पक्राउ पुर्जी
काठमाडौं- बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरण हिनामिनामा कांग्रेस नेता विजयकुमार गच्छदार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त दीपकुमार बस्न्यात लगायतलाई पक्राउ पुर्जी जारी गरेको छ।
जग्गा घोटाला प्रकरणमा सरकारी कागजात किर्ते प्रकरणमा मुछिएका ‘हाइप्रोफाइल’का व्यक्तिसहित ३०० जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ पुर्जी जारी गरेको हो।
ललिता निवास जग्गा हिनामिनामा उच्च पदस्थ राजनीतिज्ञ, कर्मचारी, व्यापारी र भूमाफिया संलग्न रहेको सरकारी अध्ययन समितिले निष्कर्ष निकालेको थियो।
बालुवाटारस्थित ललिता निवास रहेको सरकारी जग्गा जफत फिर्ताको नाममा व्यक्तिको नाममा नामसारी गरेर १३७ रोपनीभन्दा बढी जग्गा गायब पारिएको सम्बन्धमा यसअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको थियो ।
अख्तियारले दोषीलाई कारबाही गर्दै जग्गा जफत गरी सरकारको नाममा ल्याउने प्रयोजनका लागि उक्त मुद्दा दायर गरेको थियो । शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितिले २ सय ९९ रोपनी जग्गा जफत भएको हो कि होइन भनेर अध्ययन गरेको थियो।
जसमा सरकारले १४ रोपनी ११ आना मात्रै जफत गरेको समितिको निष्कर्ष थियो।सीआईबीले ललिता निवासको १ सय ४३ रोपनी जग्गा हिनामिना भएको निष्कर्षसहित अनुसन्धानलाई अन्तिम चरणमा पुर्याएको छ। जसमध्ये १ सय ३६ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको छ।
पक्राउ पुर्जी जारी भएपछि उक्त प्रकरणमा संलग्न रहेका तत्कालीन भौतिक योजना मन्त्रालयका सचिव एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त बस्न्यात ‘सम्पर्क बाहिर’ रहेको स्रोतले बतायो।
शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितिले २ सय ९९ रोपनी जग्गा जफत भएको हो कि होइन भनेर अध्ययन गरेको थियो। जसमा सरकारले १४ रोपनी ११ आना मात्रै जफत गरेको समितिको निष्कर्ष थियो।
किर्ते गरी चारपटक व्यक्तिका नाममा दर्ता गरेको पाइएको अनुसन्धानले देखाएको छ। २०४९, २०६२, २०६७ र २०६९ मा भएका किर्तेविरुद्ध छुट्टाछुट्टै चार मुद्दा अघि बढाउने तयारी रहेको छ। यो प्रकरणको हदम्याद पुस २७ मा सकिँदै छ।
प्रहरीले एक हप्ताभित्र अनुसन्धान प्रतिवेदन तयार गर्नुपर्ने हुन्छ। राजनीतिक नेतृत्व, राणा परिवार, भूमाफिया र कर्मचारीको मिलेमतोमा जग्गा अतिक्रमण भएको निश्कर्ष सीआईबीको छ। राजनीतिक नेतृत्वविरुद्ध मुद्दा नचलाउन दबाब आइरहेको स्रोत बताउँछ। ती स्रोतका अनुसार कर्मचारी तहमा मात्रै मुद्दा चलाउने तयारी छ।
वालुवाटार जग्गा प्रकरण: ९ करोड भ्रष्टाचार गरेका कांग्रेस नेता विजय गच्छदार १० लाख धरौटीमा छुटे
यो प्रकरणमा तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसमेत मुछिएका छन्। यो चर्चित भ्रष्टाचार काण्डमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईसमेत मुछिएका छन्। तर, उनीहरूविरुद्ध मुद्दा नचलाइएको भन्दै २०७६ माघ २९ मा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले मुद्दा हालेका थिए।
त्यसको कात्तिक १५ मा निर्णय आउने तय थियो। सर्वोच्च अदालतको विवादले त्यो सरेको छ। तत्कालीन उपप्रधान एवं भौतिक योजनामन्त्री गच्छदार, भूमिसुधारमन्त्रीद्वय डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीसहित १ सय ७५ जनाविरुद्ध अख्तियारले २०७६ माघ २२ मा अभियोगपत्र दर्ता गरेको थियो।
जसमा १ सय १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा र ६५ जनालाई जग्गा फिर्ता गर्ने प्रयोजनमा मुद्दा हालेको थियो। त्यो मुद्दा विशेष अदालतमा चलिरहेको छ। जग्गा फिर्ता गर्ने विषय पनि सर्वोच्च अदालतको आदेशले रोकिएको थियो।
माधव प्रधानमन्त्री भएको बेला मन्त्रिपरिषद्बाट निर्णय नै गरेर विशिष्ट व्यक्तिको निवास विस्तार गर्ने नाममा नक्कली मोही खडा गरी बाटो, कुलोको जग्गासमेत व्यक्तिको नाममा दर्ता भएको थियो।
प्रधानमन्त्रीलगायत विशिष्ठ व्यक्तिको निवास विस्तार गर्ने नाममा मन्त्रिपरिषद्बाट निर्णय गराएर ड्राइभर भाइचालगायत ६७ जना कृतिम मोही खडा गरी १४ रोपनी १० आना ३ पैसा २.५ दाम जग्गा व्यक्तिको नाम दर्ता गराएको देखिन्छ।
डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएकाबेला नक्कली टिकिन्छा पशुपति गुठी खडा गरेर मोही कायम गरी बालुवाटारको जग्गा अतिक्रमण भएको अनुसन्धानले देखाएको छ। मन्त्रिपरिषद्ले नक्कली गुठी कायम गर्न अनुमति दिएर मोही खडा गरी बालुवाटारको जग्गा व्यक्तिको नाममा गरिएको थियो।
२०४९ सालमा राणा परिवार, कर्मचारीको मिलेमतोमा ११२ रोपनी हडपेको देखिएको छ। २०२२ सालदेखि सरकारीकरण भएका जग्गा सुवर्णशमशेरका हकदारहरू रुक्मशमशेर जबरासमेत ५ जना तथा अन्य कृतिम व्यक्ति मोही खडा गरी गराई व्यक्ति विशेषको नाममा फिर्ता गरेको पाईएको छ।