राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबिच भेटवार्ता
काठमान्डौ – राष्ट्रपति विद्यादेवी भण्डरी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा समसामियक विषय र बढ्दो कोरोना महामारीको विषयमा छलफल भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
यस्तै कोरोनाकै कारण प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्द भएको छ। उनी यहि पुष २५ गते भारत जाने कार्यक्रम रहेको थियो।