बाँकेमा बाघको आक्रमणबाट महिलाको ज्यान गयो

पुष २३, नेपालगञ्ज – बाँकेमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ। बिहिबार राप्तीसोनारी गाउँपालिका,४ प्रसोनाकी ५२ वर्षीया लीला विष्टको मृत्यु भएको छ ।

स्थानीय जलहन सामुदायिक वनको तीनपाने भन्ने ठाउँमा घाँस काट्न गएका तीन जनामध्ये विष्टलाई बाघले आक्रमण गरेको थियो ।

विष्टलाई बाघले आक्रमण गरेपछि अन्य दुई जनाले भागेर ज्यान बचाएका थिए । उनिहरुले प्रहरी खबर गरेपछि प्रहरी घटनास्थलमा जाँदा बाघले विष्टलाई खाइरहेको अवस्थामा भेटिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

lekbesi

गत तिन महिनायता बाँकेमा बाघको आक्रमणबाट तीन जनाको ज्यान गैइसकेको छ। बाघले बाकेमा आतंक मच्चाएको स्थानीयले बताएका छन भने बेला बेलामा बाघ देखिने गरेको समेत उनिहरुले बताए ।