surkhet

माओवादी केन्द्रको महाधिवेशनले देश भर कोरोना फैलियो

surkhet

काठमाडौ – नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन कोरोना फैलाउने स्थल भएको छ । गत ११ गतेबाट १८ गते सम्म पार्टीले काठमान्डौको प्रज्ञा भवनमा महाधिवेशन गरेको थियो ।

महाधिवेशन लगतै माओवादी पार्टीका उच्चस्तरका नेता कार्यकर्ता भका भक बिरामी हुन थाले । कोरोनाको आशन्कामा उनिहरुले पिसिआर चेक जांच गर्दा धेरै नेता कार्यकर्ताहरु कोरोना संक्रमित बनेका छन।

यस्तै आज मात्र माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना पुष्टि भएको छ भने उनका स्वकीय रमेश मल्ल लगायतलाई पनि कोरोना देखीएको छ।

Dailekh

नेता नारायण काजी श्रेष्ठ “प्रकाश”हरिबोल गजुरेल नेता मातृका प्रसाद यादव , राम प्रसाद साप्कोटा दिपशिखा लगायतलाई PCR परिक्षण गर्दा कोभिड पोजिटिभ देखिएको छ।

Gorkha

यस्तै महाधिवेशनबाट प्रदेश स्थानीयमा फर्कीएका माओवादीका नेता कार्यकर्ताहरु धमा धम कोरोना देखीएको हो।

यो भन्दा अगाडि नेकपा एमालेले चितवनमा भव्य महाधिवेशन गरेको थियो भने नेपाली काङ्ग्रेसले भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा महाधिवेशन चुनाव गरे पनि नेता कार्यकर्तामा कोरोना देखीएको थिएन ।

तर माओवादी केन्द्रको महाधिवेशनबाटनै देश प्रदेश स्थानीयमा कोरोना फैलिएको भन्दै नागरिक त्रसित मात्र नभई आक्रमक बनेका छन। यस्तै माओवादी केन्द्रका नेता कार्यकर्ताले भेटेका अन्य नेताहरुलाई कन्ट्याक्ट् ट्रेसिङमा राखीएको छ।

यस्तै प्रचण्डलाई कोरोना देखीएपछि प्रधानमन्त्री शेरबहादुर देउवा होम आईसोलेसनमा बसेका छन । प्रचण्ड र देउवासंगै कार्यक्रम रहेपछि होम आईसोलेसनमा बसेका छन । उनको भोलि कोरोना चेक हुने सचिवालयले जनाएको छ।

दैनिक ओरालो लागेको कोरोना संक्रमन संख्या भने माओवादी केन्द्रको महाधिवेशनपछि दैनिक बढेको छ । हिजो ६४५ बढी संक्रमित फेला परेका थिए भने आज नेपालमा ९४४ जनामा कोरोना देखीएको छ।

salyan