देश र जन्ताको निम्ति काम गर्ने मन्त्री आलेलाई कोरियाबाट नेपाली युवाको सलाम कविता
काठमान्डौ -संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्री भएको छोटो समयमै देश र जन्ताको हितमा काम गरेको भन्दै चौतर्फी चर्चा भैइरहेको छ।
यस्तै बेला मन्त्रीलाई देश र जन्ताको लागि थप राम्रा काम गर्न जापानमा काम गर्दै गरेका एक नेपाली युवाले सलाम गर्दै कविता लेखेका छन ।
यस्तो छ उनको कविता
कहीले शहर कहीले गाऊमा , छाऊन थाले आले
भ्रष्टाचारी गोबर को रास , एक्लै सोर्न थाले
कहीले बतास कहीले यती , जताततै किरा
बुडर जन्मे महान आले , भए आज हीरा
बोली सुन्दा किमजोंग जस्तै काम मा खट्ने बानी
जॅगी स्वभाब निडर नेता , प्यारा जनका खानी
मगर को यो महान छोरो , भिमसेन भन्दा राम्रो
डोटी हुदै नेपाल भरी , आले नै छ हाम्रो
फेसबुक भरी टीकटक तिर , जताततै आले
कुलमान जस्तै हाम्रा आले , भ्रष्टाचारी ढाले
पछील्लो सिट हेमन्त को , अघि अघि आले
नेपालको यो महान छोरो , सारा गाऊन थाले
लौ न अब एक्लो आशा , तिमी नै छौ आले
तिमी भित्र नेपाल देख्छौ , किमजोग बन्ने खाले
महान तिमी ऊच्च सम्मान , हर्षित भयो डोटी
नमन आले प्रबास बाट , सलाम कोटी कोटी !!!!!
खेमराज ओझा
हाल टोकियो जापानबाट