मन्त्री आले चढेको गाडी दुर्घटना

पुस २८ ,काठमान्डौ – धनगढीमा सँस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले सवार गाडी दुर्घटना भएको छ। मन्त्री आले चढेको सुप प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाई बा४च १३७७ नम्बरको गाडीले ठक्कर दिएको बताइएको हो।

धनगढी विमानस्थलबाट ६ लेन सडक क्रस गर्दै गरेको अवस्थामा आलेको गाडीलाई अर्को गाडीले ठक्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

गाईलाई ठक्कर दिएर अनियन्त्रित भएको कारले मन्त्रीको गाडीलाई पनि ठक्कर दिएको प्रहरीले बताएको छ।

lekbesi

मन्त्री सवार गाडी दुर्घटनामा परेपछि अर्को गाडी प्रयोग गरेर आले महेन्द्रनगर गएका हुन। गाडीमा सवार सबै सकुसल रहेका छन भने गाडी चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।