निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक
पुस २८ ,काठमाडौं- निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ । आयोगले शुक्रबार विहान ११ बजे बैठक बोलाएको हो।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनलगायतका विषयमा परामर्श गर्न सर्वदलीय बैठक बोलाएको जानकारी दिए ।
सर्वदलीय बैठकमा तीन वटा विषयमा छलफल हुने बताईएको छ । थपलियाका अनुसार स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुनेछ ।
