surkhet

उद्दार उडानमा भएको अनियमितता छानबिनका लागि मन्त्री आलेले बनाए समिति

surkhet

काठमान्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश ल्याउने क्रममा उद्धार उडानमा भएको भनिएको अनियमितताबारे छानबिन गर्न समिति गठन गरेका छन् ।

कोरोना संक्रमण फैलिएपछि विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश ल्याउने क्रममा उद्धार उडानमा अनियमितता भएपछि मन्त्री आलेले त्यसतर्फ ध्यानआकर्षण गरेका हुन्।

Gorkha

मन्त्री आलेले बिहीबार सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा छानबिन समिति गठन गरेका हुन् । समितिमा प्रेमनाथ ठाकुर र टेकनारायण पौडेल सदस्य रहेका छन् ।

Dailekh

समितिलाई १० दिनमा प्रतिवेदन दिन भनिएको समितिका एक सदस्यले जानकारी दिए ।कोरोनाको पहिलो र दोस्रो संक्रमण लहरमा विदेशमा फसेका नेपालीलाई स्वदेश ल्याउनका लागि सरकारले उद्धार उडान गरेको थियो ।

त्यसमा नेपाल एयरलाइन्सका ६५ र हिमालय एयरलाइन्सले २ सय ३९ ‘चार्टर्ड फ्लाइट’ गरेको थियो। त्यसको छानबिन गर्नका लागि समिति गठन भएको हो । यस्तै समितिले भोलि शुक्रबारबाट छानबिन थाल्ने बताइएको छ ।

salyan