माक्स नलगाई आलोचित भोगेका योगेश भट्टराईको स्पस्टिकरण
काठमान्डौ – नेकपा एमालेका सचिव एवम् स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख योगेश भट्टराईले माक्स नलागाएको भन्दै चौतर्फी सामाजिक सञ्जालमा आलोचना बेहोरेका छन।आलोचना पछि उनले स्पस्टिकरण दिएका छन।
वालुवाटारमा सरकारलाई कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि ध्यानाकर्षण पत्र बुझाउन एमालेको प्रतिनिधिमण्डल बालुवाटार पुगेको थियो ।
सो कार्यक्रमको सार्वजनिक भएको तस्बिरमा भट्टराईले मास्क लगाएको देखिँदैन । ‘नाक- मुखमा, लगाउनुपर्ने मास्क खुट्टामा लगाएको’ भन्दै सामाजिक सञ्जालमा भट्टराईमाथि व्यङ्ग्यसमेत गरिएको छ ।

जवाफमा भट्टराईले सो कार्यक्रममा प्रधानमन्त्रीको सचिवालयले निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गरेको जिकिर गरेका छन् ।
उनले ध्यानाकर्षण पत्र वाचन गर्दा आफूले मास्क खोलेको र पत्र हस्तान्तरण गर्दा भने मास्क लगाउन भुलेको बताएका छन् ।
योगेश भट्टराईको स्पस्टिकरण यस्तो छ ।
आज कोभिड- १९ का सम्बन्धमा नेकपा एमालेका तर्फबाट प्रधानमन्त्रीज्यूलाई ध्यानाकर्षण गराउने कार्यक्रममा हाम्रो प्रतिनिधि मण्डलले प्रधानमन्त्रीको सचिवालयद्वारा निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गरेको अनुरोध गर्दछु । ध्यानाकर्षण पत्र वाचनका क्रममा मैले मास्क खोलेको थिए । तत्क्षण पत्र हस्तान्तरण गर्नुपर्दा मास्क लगाउन भुलेको बारेमा सञ्चारमाध्यममा आएको टिप्पणीको स्वागत गर्दछु । विषय र घटनाको सार र रूप पक्षलाई छुट्याएर बुझ्न सबैमा अनुरोध गर्दछु ।