गायक कुमार सुब्बाको निधन
काठमान्डौ – चर्चित गायक कुमार सुब्बाको मृत्यु भएको छ। उनी लामो समयदेखि मुटु रोगको बिरामी थिए ।
गायक सुब्बा गरिब दुःखीका पीडा बोल्ने गीतमा लय दिएर चर्चित बनेका हुन्। सुब्बाले मनबहादुर मुखियाको चर्चित नाटक ‘अनि देउराली रुन्छ’मा दुई गीत गाउँदै नेपालमा सांगीतिक यात्रा सुरु गरेका थिए ।
उनले ‘हे फूल चुँडेर लाने हो’ र ‘देउरालीका ठिटी हो, नक्कल पार्नुपर्दैन’ जस्ता तत्कालिन बेलाको लोकप्रिय गीत गाएका थिए।
