शक्तिशाली भूकम्पका कारण ९०० घरमा क्षती

काठमान्डौ – इन्डोनेसियामा हिजो शुक्रबार आएको शक्तिशाली भूकम्पका कारण भौतिक संरचनामा ठूलो क्षती भएको खुलेको छ।
आज शनिबार सरकारी अधिकारीले दिएको जानकारीअनुसार भूकम्पका कारण झण्डै ९०० घर क्षतीग्रस्त भएका छन् ।

भूकम्पले मानवीय क्षती भएको विवरण भने अहिलेसम्म प्राप्त नभएको जानकारी उनिहरुले जनाएका छन ।

उनीहरुले अहिलेसम्म दुई जना घाइते भएको विवरण मात्रै प्राप्त भएको जनाएका छन् ।

lekbesi

इन्डोनेसियाको राजधानी जाकार्ता र त्यस वरपरलाई केन्द्रमा राखेर ६.६ म्याग्नीच्युडको भूकम्प आएको अधिकारीले जनाएका छन् ।स्थानीय समयअनुसार शुक्रबार बेलुका ४.०५ मिनेट भूकम्प गएको थियो ।फाइल तस्वीर