बाँकेमा वडा अध्यक्ष ब्राउन सुगरसहित पक्राउ

बाँके – बाँकेको बैजनाथ गाउँपालिकामा एक  वडा अध्यक्ष लागू औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वडा ३ का अध्यक्ष रामशरण थारु रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले बताएको छ ।

थारुसहित अन्य तीनजना पनि पक्राउ परेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी रवीन्द्र खनालले जनाए ।

lekbesi

पक्राउ पर्ने अन्यमा सुरज थारु, ध्रुव थारु र सुन्दर थारु छन् । प्रारम्भिक अनुसन्धानमा चारै जना लागू औषध प्रयोगकर्ता रहेको पाइएको प्रहरीको भनाइ छ ।

उनिहरुलाई प्रहरीले ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा फेला पारेको थियो । प्रहरी पुग्दा उनीहरुले लागू औषध भुइँमा फालेका थिए ।

ठ्याक्कै कति मात्रामा ब्राउन सुगर थियो भन्ने यकिन भने नभएको प्रहरीले जनाएको छ ।पक्राउ परेका चार जनामाथी अनुसंधान भैइरहेको खनाल जनाए ।