बाघको मृत्यु पछि चल्यो रुवाबासी मुख्यमन्त्रीले गरे दु:ख व्यक्त
काठमान्डौ – संसारको सबैभन्दा बढी पटक तस्बिर खिचिएको बाघको रूपमा चर्चित ‘कलरवाली’ को मृत्यु भएको छ ।
भारतको मध्य प्रदेशस्थित पेन्च टाइगर रिजर्भको यो बघिनी १७ वर्षको उमेरमा प्राकृतिक कारणले मृत्यु भएको पाईएको हो।
यो बघिनीले आफ्नो जीवनकालमा २९ वटा डमरुको जन्म दिएको र बाघको संख्या वृद्धिमा ठूलो योगदान पुर्याएको भन्दै बघिनीलाई ‘सुपर-मम’ को ट्याग दिइएको थियो।
सन् २००८ देखि २०१८ सम्म यो बघिनीले ८ पटकमा २९ वटा डमरुको जन्म दिएकी रिजर्भका अधिकारीहरुले जनाएका छन्।
शनिबार मृत्यु भएको यो बघिनीलाई सयौको संख्यामा मानिसहरु उपस्तिथि भयर अन्तिम श्रद्धाञ्जली दिएका छन।
बघिनी अन्तिम पटक जनवरी १४ मा देखिएकी थिई।
टाइगर रिजर्भले बघिनीको मृत्यु शनिबार साँझ ६:१५मा रहेको जनाएको छ।मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले पनि कलरवालीको निधनमा श्रद्धाञ्जली दिएका छन्।
उनले बाघको निधनप्रति श्रद्धाञ्जली अपर्ण गर्दै कलरवाली बघिनीले बाघको संख्या बढाउनका लागि महत्त्वपूर्ण योगदान गरेको उल्लेख गरेका छन्।