कोरोनाको लहरसंगै औषधि व्यवसायी माक्समा कालोबजारी गर्दै तीन जना पक्राउ

माघ ५,मकवानपुर – हेटौँडामा मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले तीन जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ।

बढी मुल्य लिएर मास्क बिक्री गरेको गुनासोको आधारमा उनिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको हो।

पक्राउ पर्नेमा हेटाैँडा उपमहानगरपालिका वडा नम्बर १ मा रहेको अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी, सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे र सम्पूर्ण फार्मेसीका सजिता पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालयले मकवानपुरले जनाएको छ ।

lekbesi

पक्राउ परेकाहरुलाई कालोबजारी ऐनअन्तर्गत कारबाही हुने प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए । नेपालमा कोरोनाको लहरसङ्ग सङगै माक्समा कालोबजारी हुने गरेको छ।

गत बर्ष पनि कोरोना संक्रमण हुँदा सरकारले गरेको लकडाउनमा माक्समाथी कालोबजारी हुँदा प्रहरीले करोडौंको माक्स प्राप्त गरेको ।फाइल तस्वीर