नेपालगञ्जको आकाशमा बुद्ध एअरको जहाज आधा घण्टा होल्ड हुँदा एक यात्रु बेहोस

काठमाण्डाै – काठमाण्डौबाट नेपालगञ्जका लागी उडेको बुद्ध एअरको जहाज आकाशमा होल्ड हुँदा एक यात्रु बेहोस भएका छन् । मौसम खराब हुँदा बिहान जहाज झण्डै आधा घण्टा नेपालगञ्जको आकाशमा होल्ड भएको थियो ।

काठमाण्डौ महानगरपालिका वडा नम्वर,२३ की ५३ वर्षीया जानुका थापा आत्तिएर बहोस भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । आत्तिएर बेहोस भएपछि तत्काल नेपाली सेनाको अस्पतालमा लगिएको थियो । उनको अवस्था अहिले सामान्य रहेको बताईएको छ।

बिहान काठमाण्डौबाट ८ बजे उडान भरेको बुद्ध एअरको जहाज ८ बजेर ५५ मिनेटसम्म अवतरण गर्नुपर्नेमा भिजिबिलिटी कम हुँदा ९ बजेर २५ मिनेटमा अवतरण भएको थियो । मौसमको खराबीका कारण जहाजलाई आकाशमा होल्ड गराउनु सामान्य भएको बुद्ध एअर नेपालगञ्जले जनाएको छ ।