surkhet

मलेसिया सरकारको ९० हजार नेपाली लैजाने तयारि

surkhet

काठमान्डौ – मलेसिया सरकारले नेपालसहित बङ्लादेश,इन्डोनेसिया, पाकिस्तान लगायतका स्रोत देशबाट विदेशी श्रमिक भर्ना गर्ने प्रक्रिया यहीँ बर्षको जनवरी २८ तारिख र फेबु्रअरी १५ तारिखबाट सुरु गर्ने भएको छ

मलेसियाको मानव संशाधन मन्त्रालयले शनिबार जारी गरेको एक विज्ञप्तिअनुसार जनवरी २८ बाट ‘प्लानटेसन’ (पाम आयल) क्षेत्रमा ३० हजार जनालाई भर्ना गर्ने प्रक्रिया सुरु भएको ।

यसको लागि श्रमिक भर्ना गर्ने रोजगारदाता कम्पनीले अनलाइनमार्फत आवेदन दिनुपर्नेछ । उत्पादन, सेवा, सुरक्षा र घरेलु श्रमिकका लागि भने फेब्रुअरी १५ बाट सुरु हुनेछ ।

Dailekh

मलेसियाले श्रमिक ल्याउन सबै मापदण्ड तय गर्नुका साथै क्वारेन्टाइन बनाएपछि स्रोत देशबाट श्रमिक ल्याउन अनुमति दिन थालिएको हो । अब रोजगारदाताले श्रमिक भर्ना गर्न गृह र मानव संशाधन मन्त्रालयबाट विशेष अनुमति लिन जरुरी नभएको मानव संशाधनमन्त्री शेरी एम शाराभानाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Gorkha

‘विदेशबाट श्रमिक ल्याउनका लागि केलाङ भ्यालीमा १० हजार जना अट्ने क्षमताको क्वारेन्टाइनको व्यवस्था मिलाइएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ।

मलेसिया आउने श्रमिकले नेपालमा विश्व स्वास्थ्य संगठन डब्लूएच द्वारा मान्यताप्राप्त कोरोना खोप लगाइसकेको काड अनिबार्य हुनुपर्ने छ।

मलेसिया प्रस्थान हुनुभन्दा ७२ घण्टाभित्र श्रमिकले ‘आरटी-पीसीआर’ परीक्षण गरेको हुनुपर्ने छ । मलेसिया पुगेपछि ७ दिन अनिवार्य स्वास्थ्य मन्त्रालयबाट तोकिएको क्वारेन्टाइनमा बस्नुपर्ने छ।

क्वारेन्टाइनमा राखिएको दोस्रो र पाँचौ दिनमा आरटी पीसीआर गरिनेछ । कोरोनाबाट संक्रमण भएमा निजी क्वारेन्टाइन तथा न्यून जोखिम उपचार सेन्टर (पीकेआरसी)मा राखिनेछ भने गम्भीर भएमा निजी अस्पतालमा पठाइनेछ । यसको सबै खर्च रोजगारदाता,कम्पनीलेनै बेहोर्नुपर्ने हुन्छ।

नेपाली सहित विदेशी श्रमिकको लागी मलेसिया रोजगारी बिगत दुईबर्षदेखि बन्द रहेको छ। जसले गर्दा मलेसिया आउन चाहेका नेपालीहरु समेत आउन पाएका छैनन् । मलेसिया स्थित नेपाली दूतावासका अनुसार अहिले मलेसियामा करिबकरिब डेढ लाई नेपाली श्रमिकहरु विभिन्न क्षेत्रमा कार्यरत रहेका छ्। करिब ९० हजार नेपाली कामदार लैजाने रोजगार कम्पनीले जनाएको छ।

 

 

 

 

 

salyan